news-details
अन्तरास्ट्रिय

Share this post!

रुसले युक्रेनको रेल नेटवर्कमा थाल्यो आक्रमण

काठमाडौं :  रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ। पछिल्लो २४ घण्टामा युक्रेनको रेल सेवाका ६ पावर सबस्टेसनमा आक्रमण गरेको रुसको रक्षामन्त्रालयले दाबी गरेको छ। रुसले पश्चिमी देशहरूले युक्रेनमा हतियार पठाउन यो रेल नेटवर्क प्रयोग गरिरहेको दाबी पनि गरेको छ। पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ।  बेलायतको रक्षामन्त्रालयले रुसले पूर्वी डोनबास क्षेत्रको इजुम सहरको क्षेत्रमा दुईवटा सैन्य बटालियन तैनाथ गरेको जनाएको छ।