news-details
समाचार

Share this post!

निर्वाचित भएमा भत्ता र तलव महिला सीप बिकास र स्वास्थ्यमा लगानी गर्ने छु - उपमेयर उमेदवार  बुढाथोकी

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का उपमेयर प्रत्यासी उम्मेद्वार रमेश बुढाथोकीले आफू चाँगुनारायण नगरपालिकाबाट निर्वाचित भएमा सरकारले दिने तलब तथा भत्ता नलिने बताएका छन् । नगरपालिकाको वडा नम्बर ८ सुडालको रातोपाटीमा भएको कोणसभामा उनले आफू निर्वाचित भएमा सबै सुविधा र तलब महिला सीप बिकास तथा स्वास्थ क्षेत्रमा लगानी गर्ने बताएका छन् । बुढाथोकीका अनुसार आफु निर्वाचित भएमा स्थानीयको माया र स्नेहको सम्मान गर्दै आफुलाइ सरकारले दिने सेवा, सुविधा र तलब भत्ता नलिने, र आफुलाइ दिइने तलब र सुविधाको सम्पुर्ण रकम नगरबासी  महिलाहरुको  सीप बिकास , शिक्षा र स्वास्थयमा लगानी गर्ने   साथै आफु पनि भ्रष्टाचार नगर्ने  र आफ्ना वरपर रहेका व्यक्तिलाई एक रुपैयाँ पनि भ्रष्टचार गर्ने नदिने  प्रतिबद्धता समेत जनाए। उनले हाल निर्वाचित जनप्रतिनिधीले नगरपालिकाको विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको र सोही रुपमा आफू पनि लागिपर्ने बताए । उहाँहरुको योजना र पार्टीको निर्देशन अनुरुप आफू पनि जनताको सेवा लाग्ने उनले बताए । उनले नेपाल इन्जिनियरिंग कलेजलाई नगरपालिकाको मातहतमा सञ्चालन गर्ने, एक घर एक रोजगारीको कार्यक्रम मार्फत २ हजार युवालाई रोजगारी दिने, हरेक वडाको स्वास्थ्य कार्यलयमा एम्बुलेन्स र एक जना विज्ञको व्यवस्थापन गर्ने बताए । उनका अनुसार चाँगुनारायण नगरपालिकालाई न्याय प्रणालीमा पार्टीको सिद्धान्त अनुसार जनताको सम्बोधन गर्दै लगिनेछ र मेयर उद्यमशीलता तथा उपमेयर उद्यमशीलतामार्फत स्वरोजगारी मूलक कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिए ।