news-details
अन्तरास्ट्रिय

Share this post!

अन्टार्कटिकामा सूर्य अस्तायो, ६ महिना अँध्यारो हुने

अन्टार्कटिकमा सूर्य अस्ताएको छ । संसारका सबैजसो ठाउँमा सधैझैँ हरेक विहान सूर्य उदाउनेछ तर अन्टार्कटिकामा भने अबको ६महिना विहान हुनेछैन । त्यहाँ अबको आधा वर्ष केवल अँध्यारो हुनेछ । अर्थात् त्यहाँ बस्ने वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब केवल अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् । सन् २०२२ को मे १२ मा अन्टार्कटिकामा यो वर्षको अन्तिम सूर्यास्त भएको हो ।अन्टार्कटिकमा युुरोपको कन्कार्डिया रिसर्च स्टेशनमा रहेका १२ जना वैज्ञानिकहरु, अन्वेषक तथा कर्मचारीहरुले अबको ६महिनासम्म सूर्य देख्न पाउने छैनन् । किनकी अन्टार्कटिकामा सूर्यास्त भएको छ । अबको ६महिना त्यहाँ केवल रात हुनेछ । जुन समय हामीकहाँ गर्मी हुन्छ त्यस बेला अन्टार्कटिकामा ठण्डी सुरु हुन्छ । कन्कार्डिया रिसर्च स्टेसनको तापक्रम माइनस ८० डिग्री सेल्सियस सम्म झर्नेछ ।वास्तवमा यी छ महिनाको ठण्डी यी वैज्ञानिकहरुका लागि कुनै उपहार भन्दा कम हुँदैन ।
त्यही मौसममा अन्टार्कटिकामा सबैभन्दा धेरै अनुसन्धान हुने गरेको छ । आगामी ६ महिनासम्म त्यहाँ विभिन्न खालका अनुसन्धान हुनेछन् । अबको ६महिना न त कोही अन्टार्कटिकामा जानेछ, न त कोही अन्टार्कटिकाबाट बाहिर निस्किनेछ । अन्टार्कटिकाका लागि कुनैपनि उडान हुनेछैन । त्यहाँ थप कुनैपनि खानेकुरा जानेछैन । अहिले रहेको मौज्दात सामानकै भरमा १२ जना मानिसले आफ्नो जिवन बिताउनेछन् । स्मरण रहोस् अन्टार्कटिकामा ६ महिना अँध्यारो र ६ महिना उज्यालो हुन्छ ।