news-details
अन्तरास्ट्रिय

Share this post!

कुन मोबाइल प्रयोग गर्छन् बिल गेट्सले ?

विश्वका चर्चित सेलिब्रेटी तथा अर्बपतिहरूले कुन ब्राण्डको मोबाइल फोन प्रयोग गर्दछन् भन्ने आम चासोको विषय हुन्छ । मानिसहरू मोदीदेखि मस्कसम्मले चलाउने फोनका मोडल जान्न चाहन्छन् ।माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले कुन ब्राण्डको मोबाइल फोन प्रयोग गर्दछन् होला अहिले तपाईंलाई अनौठो लाग्ला कि बिल गेट्स स्वयं आफूले स्थापना गरेको माइक्रोसफ्टको फोन प्रयोग गर्दैनन् । उनले सबैभन्दा सुरक्षित र प्रिमियम मानिएको आइफोन पनि प्रयोग गर्दैनन् । वास्तवमा गेट्सले एक फोल्डेबल फोन प्रयोग गर्दछन् । बिल गेट्सले प्रयोग गर्ने फोनको नाम सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्री हो । को रिपोर्ट अनुसार सोसल मिडिया साइट रेडिटमा Ask Me anything सेसनका क्रममा गेट्सले उक्त कुराको खुलासा गरेका हुन् । ग्यालेक्सी जेड फोल्ड थ्री स्क्रिनका कारण एक उत्कृष्ट फोन रहेको र आफुले त्यो सँगै पोर्टेबल पर्सनल कम्प्युटर पनि प्रयोग गर्ने उनले बताएका छन् ।रेडिटमा एक कमेन्टमा उनले यसको जानकारी दिएका छन् ।विन्डोज र सामसुङबीचको सहकार्यका कारण पनि बिल गेट्सले ग्यालेक्सी फोन बोक्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । यसअघि पनि गेट्सले आफुले एप्पल आइफोनको साटो एन्ड्रोइड फोनको प्रयोग गर्ने गरेको बताएका थिए ।यसपटक चाहिँ उनले ठ्याक्कै कुन एन्ड्रोइड फोन प्रयोग गर्दछन् भन्ने कुराको मोडेल समेत खुलासा गरिदिएका छन् ।सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्रीमा ६.२ इन्चको एचडी प्लस एमोलेड 2X डिस्प्ले रहेकेा छ । यसको रिफ्रेस रेट १२० हर्ज छ । अनफोल्ड गर्दा यसको डिस्प्ले ७.६इन्चको छ । यसको पछाडिपट्टि ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । साथै यसमा ४४०० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ ।सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्रीमा १२ गिगाबाइटको र्याम छ भने २५६ जिबी र ५१२ जिबी मेमोरीका दुई मोडेल उपलब्ध छन् ।