news-details
अन्तरास्ट्रिय

Share this post!

रुस-युक्रेन युद्धमा आणविक हतियार प्रयोग हुन्न : बेलायत

लन्डन – बेलायतका लागि रुसी राजदूतले आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन् । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियमअनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताए ।राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग गर्न सकिने उलने बताए । ‘आणविक हतियारको हालको कारबाहीसँग कुनै सरोकार छैन’, उनले आइतबार बिहान भनेका छन् ।


भ्लादिमिर पुटिनले आक्रमण लगत्तै फेब्रुवरीको अन्तमा आफ्ना आणविक सेनाहरूलाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए । पुटिनले यसको दोष नेटो र पश्चिमा देशहरुको आक्रमक व्यवहारलाई दिएका थिए । तर, पुटिनको अभिव्यक्तिलाई बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमा भइरहेको गलत क्रियाकलापबाट मानिसहरुलाई अन्यत्र ध्यान मोड्ने प्रयास बताएका थिए । यसैबीच रुसी सेनाले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ ।