Share this post!
काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी सम्पर्कविहीन जहाजको पाइलटको मोबाइलमा घण्टी गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। उनले थाहाखबरसँग कुरा गर्दै मुस्ताङको टिटी लेक वरपर जहाजको पाइलटको मोबाइलको लोकेशन देखाएको बताएका हुन्। उनले भने, ‘हामीले सम्पर्क गर्दा जहाजका पाइलट प्रभाकर घिमिरेको फोनमा घण्टी गइरहेको छ। टिटी लेक लेते आसपासमा लोकेसन पनि पत्ता लगाएका छौँ। हामी त्यतैतिर खोजीमा केन्द्रित भएका छौँ।’बिहान करिब ९ बजेर ५५ मिनेटमा उडेको विमान १०: १५ बाट सम्पर्कविहीन छ। विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना रहेका थिए।