news-details
अन्तरास्ट्रिय

Share this post!

शरीरभरी २४ वटा गोलीका दाग, टाउकोको हड्डीमा पनि बुलेट : सिद्धुको पोस्टमार्टम रिपोर्टमा खुलासा

पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको पोस्टमार्टमका क्रममा उनको शरीरमा २५ वटा गोलीका निशानहरू भेटिएको पत्ता लागेको छ ।अङ्ग्रेजी पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले एक विशेष रिपोर्टमा लेखेको छ कि गोली लागेर सिद्धु मुसेवालाको दाहिने कुहिनो भाँच्चिएको पोष्टमार्टम रिपोर्टमा बताइएको छ ।पञ्जाबी गायकको छाती र पेटमा सबैभन्दा बढी गोली लागेको छ भने दाहिने खुट्टामा दुईवटा गोली लागेको एक अधिकारीले पत्रिकालाई बताए । यस्तै एउटा गोली टाउकोको हड्डीमा गएर फसेको जानकारीमा उल्लेख छ । हमलाकर्ताले करिब ३० राउन्ड फायर गरेका थिए ।यस्तै, पञ्जाबको भगवन्त मान सरकारले हत्याको न्यायिक जाँचको जिम्मेवारी पञ्जाब र हरियाणा उच्च न्यायालयका एक न्यायाधीशलाई सुम्पेको छ ।यद्यपि कांग्रेसले यस घटनाको सीबीआई वा एनआईएले छानबिन गर्न माग गरेको छ । सिद्धु मुसेवाला गत वर्ष डिसेम्बरमा कांग्रेस पार्टीमा सामेल भएका थिए र मानसाबाट चुनावसमेत लडेका थिए जसमा उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भएका थिए ।