Share this post!
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानबिन गर्ने भएको छ। त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डीन प्राडा कुसुम शाक्यले हुबहु प्रश्नपत्रबारे छानबिन गर्ने बताए। मानविकी संकायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र दोहो¥याएको थियो। ‘के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानबिन गर्दछौँ’, उनले भने, ‘भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौँ।’गत वर्षकै प्रश्नपत्र पनि यसपटक परीक्षामा हुबहु समावेश हुनु गम्भीर गल्ती भएको उनको भनाइ छ। ‘हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छौँ। विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ”, उनले भने, ‘त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो।’ साठी पूर्णांकको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ।