news-details
अन्तरास्ट्रिय

Share this post!

क्युबामा बाढीका कारण २ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौँ- क्यारिबियन सागरमा अवस्थित मुलुक क्युबामा आँधीपछि अविरल वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । आगाथा नामक आँधीका कारण क्युबामा ८ इन्चसम्म पानी परेको बीबीसीले जनाएको छ ।राजधानी हवानासहित मुलुकको पश्चिम तथा मध्य क्षेत्र सबैभन्दा धेरै प्रभावित रहेको जनाइएको छ । हवानाबाट २ हजारभन्दा धेरै मानिसहरुलाई उद्धार गरिएको छ । यसबाहेक ५० हजार भन्दा धेरै मानिसहरुको घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ ।विस्थापितहरुलाई राख्न अस्थायी शिविरहरु तयारी अवस्थामा रहेको क्युबाली समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्युबामा बेलाबेला यस्ता आँधी आउने गरेको बताइएको छ ।आगाथा नामक यो आँधीले सोमबार मेक्सिकोमा वर्षा गराउँदा ९ जनाको मृत्यु भएको थियो ।