news-details
अन्तरास्ट्रिय

Share this post!

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अविश्वासको मत जिते, तर पार्टीमा बढ्यो विद्रोह

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो कन्जरभेटिभ पार्टी भित्र ल्याइएको अविश्वासको प्रस्ताव जितेका छन् । जोनसनको कन्जरभेटिभ पार्टीका धेरै सांसदहरूले आफूहरूलाई जोनसनको पार्टीमा नेतृत्व नचाहेको भन्दै पत्र लेखेका थिए ।प्रधानमन्त्री जोनसनले ५९५ भोट जितेका छन् । यसको अर्थ यो हो कि अब अर्को एक वर्षका लागि पार्टीमा उनलाई कसैले चुनौती दिन सक्दैनन् ।कन्जरभेटिभ पार्टीका २११ सांसदले प्रधानमन्त्री बोरिस जोन्सनको पक्षमा मतदान गरे भने १४८ सांसदले विपक्षमा मतदान गरे ।अविश्वास प्रस्तावको नतिजाले जोनसन प्रधानमन्त्रीकै पदमा रहिरहने स्पष्ट पारेको छ, तर आलोचकहरूका अनुसार जोनसनविरुद्ध बढेको विद्रोहले उनको पकड कमजोर भएको देखाउँछ ।जोनसनको पक्षमा आएको भेटको सेयर पूर्व प्रधानमन्त्री थेरेसा मेविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको बेला प्राप्त  भोटभन्दा कम छ ।  सन् २०१८ मा थेरेसा मेले ६३ प्रतिशत मत पाएकी थिइन् ।बोरिस जोनसनले कोरोना महामारीका बेला नियम उल्लंघन गरेको र डाउनिङ स्ट्रिटमा पार्टी गरेको भन्दै आलोचना भइरहेको छ ।बोरिस जोनसनले बेलायतमा लकडाउनको समयमा पार्टीमा गएर नियम तोडेकोमा माफी पनि मागेका छन् । तर, यो मामिला शान्त भएन र धेरै सांसदहरूले बोरिस जोनसनलाई पद छोड्न दबाब दिन थाले ।