news-details
समाचार

Share this post!

नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने

काठमाडौं :  नबिल बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक गर्ने भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएको हो।काठमाडौ महानगरपालिकाको पहिलो बोर्ड बैठकले सार्वजनिक तथा व्यक्तिगत शौचालयलाई सार्वजनिक गर्ने  निर्णय भएको थियो। महानगरपालिकाले  व्यक्तिगत तथा संस्थागत  शौचालयलाई  सार्वजनिक  गर्न चाहनेलाई महानगरपालिकाको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो।  नबिल बैंकले आफ्ना  शाखामा रहेका शौचालय सार्वजनिक गर्ने भएको छ।सो सम्झौतामा  नबिल  बैंकका  कार्यकारी निर्देशक अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  लोकनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक काठमाडौ महानगरपालिका र  नबिल बैंकको सहकार्यमा  सञ्चालन गरिएको बोर्ड राख्नुपर्ने,सरसफाइको  सम्पूर्ण जिम्मा बैंकले लिनुपर्ने,कुनै पनि प्रलोभनमा पारी शुल्क लिन नमिल्ने, लगायतका १३ वटा बुँदा उल्लेख गरिएको छ। सो सम्झौतामा ५ वर्षसम्म रहने र बैंकले ४ महिनामा प्रतिवेदन पेश गर्नुपर्ने छ।सार्वजनिक शौचालयको समस्यामा  छ जसलाई सहजीकरण गर्नका लागि सार्वजनिक शौचालय प्रयोग गर्न दिन लागेको अनिल केसरी शाहले बताए।