news-details
अन्तरास्ट्रिय

Share this post!

जीउमा ६ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान

आफ्नो शरीरलाई झण्डै साढे ६ लाख वटा मौरीको गोलोमा बदलेर एकजना व्यक्तिले गिनिज बुकमा नाम लेखाएका छन् ।चीनका रुआन लियांगमिंगले आफ्नो पूरै शरीरलाई मौरीले छोपिदिए । सोसल मिडियामा मौरीको गोलो बनेको उनको शरीरको तस्वीर तथा भिडियोहरू भाइरल बनिरहेका छन् ।रुआनले कीर्तिमान रच्नका लागि एउटा रानी मौरीलाई सुरुमा आफ्नो शरीरमा राखे । त्यसपछि त एकाएक अरु लाखौँ मौरीहरू रानीलाई खोज्दै उनको जीउमा आएर बस्न थाले । उनले आफ्नो सरीरमा कुल ६० वटा रानी मौरी बसालेका थिए र अरु करिब ६ लाख ३७ हजार मौरी आफैं आएर उनको जीउमा बसे । त्यसरी उनको जीउमा आएर बसेका मौरीहरूको कुल वजन ६७।७ केजी थियो ।गिनिज बुुक अफ वल्र्ड रेकर्डस्का अनुसार यसरी शरीमा लाखौं मौरी बसाल्ने कलालाई बी बर्डिङ भनिन्छ, जुन कला १९औँ शताब्दीदेखि नै प्रचलित छ ।
एक अन्तरवार्ताका क्रममा रुआनले यस्तो कला देखाउनका लागि शान्त ढंगले बस्न सक्नुपर्ने बताउँछन् । मौरीले आफूमाथि खतरा उत्पनन नभएपछि कसैलाई पनि नचिल्ने भन्दै उनले यसरी शरीमा बस्ने कुनै पनि मौरीले मानिसलाई आक्रमण नगर्ने बताएका छन् । मौरीले आफ्नो सुरक्षाका लागि मात्र आक्रमण गर्ने उनको भनाइ छ ।मौरीलाई आफ्नो शरीरमा बसाउने क्रममा रुआन संयमित तवरले बसिरहे । त्यसक्रममा उनका आँखा खुल्ला थिए भने मुख बन्द थियो । उनको शरीरमा माहुरीहरू राखिदिने मानिसले चाहिं सुरक्षाको उपकरण लगाएका थिए । तर रुआन आफैंले भने कुनै पनि सुरक्षा उपकरण लगाएका थिएनन् । उक्त पूरै घटनाक्रमलाई गिनिज बुकमा प्रतिनिधिहरु एन्जेला वू र लीसा हफम्यानले अवलोकन गरेका थिए ।