news-details
अन्तरास्ट्रिय

Share this post!

फ्रान्समा आज संसदीय निर्वाचन

फ्रान्समा संसदीय निर्वाचन अन्तर्गत आइतबार मतदान हुँदैछ। निर्वाचनबाट राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित हुनेछन्। निर्वाचन आयोगले मतदान दुई चरणमा हुने जनाएको छ। आयोगका अनुसार जुन १९ मा दोस्रो चरणको निर्वाचन हुनेछ । निर्वाचनका लागि देशभर ६ हजार २९३ जना चुनावी प्रतिस्पर्धामा छन्। मतदानका लागि स्थानीय समय अनुसार बिहान ८ बजे बेलुका ६ बजेसम्मको समय तोकिएको छ। अहिलेको निर्वाचनमा राष्ट्रपति इम्यानुयल म्याक्रोँको पार्टीसहितको गठवन्धन र जेन लुक मेलेन्चोन नेतृत्वको पार्टीसहितको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। गृह मन्त्रालयका अनुसार निर्वाचनमा २० पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। फ्रान्सको संसदमा बहुमतका लागि २८९ सिट आवश्यक पर्छ।