Share this post!
अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ।आफै विवाह गर्ने खर्च नभएकाहरूका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो। 'सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो', एक स्थानीय अधिकारीले भने।आर्थिक समस्याका कारणले आफै विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरूका लागि आफुहरूले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरूले जनाएका छन्।विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरूका सिमित आफन्तहरू मात्रै सहभागी भएका थिए। अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ। तालिबान सरकारले पनि महङ्गो विवाह समारोहहरू आयोजना गर्न निरुत्साहित गरेको छ।