news-details
अन्तरास्ट्रिय

Share this post!

भारत : उडिरहेको विमानमा आगलागी, १८५ यात्री थिए सवार

भारतकाे बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । विमानमा १८५ यात्री सवार थिए ।अधिकारीका अनुसार  विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए ।
मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागिरहेको देखेको पनि बताइँदै छ ।