Share this post!
काठमाडौं : पोर्चुगलमा क्यान्सरबाट एक नेपाली युवकको मृत्यु भएको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङ दावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो।शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज ईपीई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए। उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ।बेजास्थित कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो। उनी रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल पुगेका थिए।