Share this post!
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना बेलारुसलाई शक्तिशाली मिसाइल प्रणाली दिन लागिएको बताएका हुन्। बेलारुसले एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सीमा नजिक आक्रमण गर्न थालेको भन्दै रुससँग हतियार माग गरेको थियो। रुस भ्रमणमा रहेका बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोसँगको भेटमा रुसी राष्ट्रपति पुटिनले हतियार उपलब्ध गराउने घोषणा गरेका हुन्। बेलारुसलाई दिन लागिएको ‘इस्काण्डर–एम’ मिसाइल प्रणालीले ५ सय किलोमिटरको दूरीसम्म परम्परागत र आणविक क्षमताको ब्यालिस्टिक र क्रुज दुवै मिसाइल प्रहार गर्न सक्छ। बेलारुस युक्रनेविरुद्धको रुसी आक्रमणमा रुसको साथमा उभिँदै आएको छ।