news-details
अन्तरास्ट्रिय

Share this post!

क्यानडामा मंकीपक्सका २७८ बिरामी

क्यानडा । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मंकीपक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू  दर्ता  भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् ।  मंकीपक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने  बताइएको छ ।उनले भनिन् जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९  उमेर समूह भित्रका छन् ।  यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।