news-details
अन्तरास्ट्रिय

Share this post!

गधाको दुधबाट बनाइन्छ संसारकै महंगो पनीर!

काठमाडौं । तपाईले स्वादिलो मानेर खाने पनीरको मूल्य कति छ रु धेरैमा किलोको हजार रुपैयाँ । तर संसारमा यस्तो पनीर पनि पाइन्छ, जसको मूल्य प्रतिकिलो झण्डै डेढ लाख रुपैयाँसम्म पर्दछ ।डेलीमेलको रिपोर्ट अनुसार संसारकै महंगो उक्त पनीर गधाको दुधबाट बनाइएको हुन्छ । सर्बियाको जसाविकामा तयार गरिने उक्त पनीरलाई स्थानीय भाषामा पुले भनिन्छ ।समाचार अनुसार एक किलोग्राम उक्त मूल्यवान पनीर तयार गर्नका लागि करीब २५ लिटर गधाको ताजा दुध आवश्यक पर्दछ ।उक्त फर्मले बोतलबन्ध गधाको दुधको उत्पादन पनि गर्दछ । इतिहास अनुसार उक्त क्षेत्रमा उत्पादन हुने गधाको दुध मिश्रकी रानी क्लियोपेट्राको सौन्दर्यको रहस्य थियो । क्लियोपेट्राले हरेक दिन गधाको दुधले नुहाउने गर्दथिन् ।यो गधाको पनीर संसारका सबैभन्दा महंगा खाद्यवस्तु मध्ये एक हो । गधाको पनीर पछि सबैभनदा महंगो पनीर कासियोकाभालो पोडोलिको हो । जुन एक दुर्लभ इटालियन गाईको दुधबाट उत्पादित पनीर हो । यसको मूल्य प्रतिकिलो ६३० पाउण्ड सम्म पर्दछ ।