news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकाको इन्डियानामा गोली चल्यो, तीनजनाको मृत्यु

काठमाडौं : अमेरिकामा लगातार गोली प्रहारका घटना भएका छन्। पछिल्लोपटक इन्डियाना राज्यको ग्यारीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। यस घटनामा कैयौं घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। समाचारमा जनाइए अनुसार ग्यारी सिटीमा एउटा पार्टी चलिरहेका बेला गोली हानाहान भएको हो। बिदा मनाउने क्रममा गोली चलेको स्थानीय प्रहरीले जनाएको छ। योसँगै अमेरिकामा २४ घण्टाभित्र तीन ठाउँमा गोली चलेको घटना भएको अमेरिकी संचारमाध्यामले जनाएका छन्। यसैबीच पेन्सिलभेनियाको फिलाडेल्फिया सहरमा स्वतन्त्रता उत्सवका क्रममा गोली हानाहानको घटना पनि सार्वजनिक भएको छ। यस घटनामा दुई प्रहरीमाथि गोली प्रहार भएको बताइएको छ। यसअघि सिकागोमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको थियो।