news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकामा मात्रै ९ करोडमा कोरोना पुष्टि

काठमाडौं– संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९ करोड नाघेको छ ।गत २४ घण्टामा यो खबर तयार पार्दासम्म दुई हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै अहिलेसम्म कोरोना पुष्टि हुनेको ९ करोड ४९ हजारभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।वल्डोमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा अहिलेसम्म कोरोना पुष्टि भएका मध्ये ८ करोड ५६ लाखभन्दा धेरै निको भएका छन् ।१० लाख ४५ हजारको भने मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर ५५ करोड ८४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ५३ करोड १९ लाख निको भएका छन् । ६३ लाख ६ हजारको भने मृत्यु भइसकेको छ ।