Share this post!
काठमाडौं : रुसले अब सबै युक्रेनीलाई देशको नागरिकता दिने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेका छन्। पुटिनले सबै युक्रेनी नागरिकलाई रुसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ। यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ। यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दाहरूलाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए। यसअघि यो सरलीकरण युक्रेनको डोनेत्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो। युक्रेनविरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेत्स्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए।