news-details
अन्तरास्ट्रिय

Share this post!

‘एम्बुलेन्सको प्रतीक्षामा मृत भाइ रुङेर बसेका ८ वर्षीय बालक!

दुई वर्षीय मृत भाइ रुङिरहेको एक ह्रृदयविदारक भिडियोले यतिखेर सामाजिक सञ्जालमा सबैको ध्यान तानेको छ।यो भिडियो भारतको मध्य प्रदेशस्थित मोरेना जिल्लाको हो। टाइम्स अफ इण्डियाले सार्वजनिक गरेको यो भिडियोमा बालकलाई मृत घोषणा गरेको अस्पतालले शव लैजान एम्बुलेन्स  उपलब्ध नगराएको जनाएको छ।शव गाउँसम्म पुर्‍याउने गाडीको खोजीमा बुबा भौँतारिरहँदा ८ वर्षीय बालक भाइ कुरेर बसेका थिए।

बालकका बुबा

मृत बालकको परिवारको आर्थिक अवस्था मजबुत थिएन। रोगका कारण जिल्ला अस्पतालमा बालकको मृत्यु भएको हो। बुबाले एम्बुलेन्स मागे पनि जिल्ला अस्पतालका कर्मचारीले गाडी नपाएको भन्दै एम्बुलेन्सको व्यवस्थापन गर्न मानेनन्।सडकमा बालक शवलाई रुङेर बसेको देखेपछि बाटोमा हिँड्ने बटुवाको ध्यान तानेको थियो।  केही समयपश्चात् प्रहरी र केही सञ्चारकर्मी उक्त स्थानमा आए। त्यसपछि प्रहरीले बालकको शव घर लैजान एम्बुलेन्सको व्यवस्था गरेको टाइम्स अफ इण्डियाले जनाएको छ।