news-details
समाचार

Share this post!

मानवअधिकारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरियो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति विकृत भए मानवअधिकार उल्लंघनकर्ता हुने बताएका छन् ।  बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीति सही बाटोमा हिँड्यो भने मात्रै मानवअधिकारको रक्षक र परिपालक हुने बताएका हुन् । राजनीति विकृत भयो भने मानवअधिकार उल्लंघनकर्ता हुन्छ हुन्छ राजनीति सहि बाटोमा हिँड्यो भने रक्षक र परिपालक हुन्छ’, अध्यक्ष ओलीको भनाई छ ।  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लोकतन्त्रमा स्वतः मानवअधिकारको पालना हुनुपर्ने बताए ।  ‘४६ सालको आन्दोलनपछि संविधानले शान्तिपूर्ण आन्दोलनका बाटा खुला भएपछि सशस्त्र संघर्ष भनेर हिंसा सुरु गरियो’, अध्यक्ष ओलीले माओवादीप्रति लक्षित गर्दै भने, ‘जब संवैधानिक र शान्तिपूर्ण बाटोबाट परिवर्तन ल्याउन सकिन्छ भने त्यहाँ हिंसा स्वीकार्य हुन सक्दैन, यो कुरा मैले ५२ सालदेखि भन्दै आएको हो ।’मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए । त्यसमा पहिलो राज्यले गर्ने मानवअधिकार हुने भन्दै उनले मानवअधिकारको विषयलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गर्ने धुर्त्याईं भएको आरोप समेत लगाए । ‘यस्ता कुराहरु हामीले देख्यौ, जो ५२ देखि ६२ सम्म मात्रै होइन त्यसपछि पनि निर्दोष व्यक्तिहरुको असंगठित व्यक्तिहरुको संगठित समूहले गरेका हत्याहरु हामीले देख्यौ’, ओलीको भनाइ छ । उनले मानवद्वारा मानवले गर्ने अधिकार हनन् नहुने खालको समाज निर्माण गर्नुपर्ने समेत बताए ।