news-details
अन्तरास्ट्रिय

Share this post!

युक्रेनको भिनित्सियामा रुसको क्षेप्यास्त्र

 युक्रेनको मध्य भागमा रहेको भिनित्सिया शहरमा रुसी सेनाले  क्षेप्यास्त्र प्रहार गरेको छ। घटनामा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। करिब १०० जना घाइते भएका छन्।तीनवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा कार्यालयहरूका लागि प्रयोग हुने र आवासीय भवनमा क्षति पुगेको बताइएको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त कार्यलाई खुलमखुला गरिएको आतंकवादी कार्य भनेका छन्।युक्रेनी राष्ट्रपति कार्यालयले उक्त आक्रमण ब्ल्याक सीमा रहेको पनडुब्बीबाट कालिब्र क्रुज क्षेप्यास्त्र प्रहार गर्ने यन्त्रबाट भएको बताएको छ।रुसी युद्ध अपराधसम्बन्धी एउटा सम्मेलनका लागि द हेगमा युरोपेली संघका विदेश तथा न्यायमन्त्रीहरूले भेट्न लागेका वेला बिहीबार यो आक्रमण भएको हो। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले भिनित्सियामा आक्रमण गरेर अर्को युद्ध अपराध गरेको आरोप लगाएका छन्।