news-details
अन्तरास्ट्रिय

Share this post!

भारतीय गायक मेहन्दी पक्राउ

 काठमाडौं : भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन्।मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनी पक्राउ परेका हुन्। उनलाई पटियाला जेलमा राखिएको छ।  मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। सो फैसलाविरुद्ध उनी उच्च उदालत गएका थिए। तर बिहीबार अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन्।उनलाई सन् २००३ मा अवैध रुपमा मानव ओसारपसार गरेको मुद्दामा पटियाला अदालतले दोषी ठहर गरेको हो। दलेर मेहन्दी र उनका भाइ शमशेर सिंहमाथि प्रशासनलाई छलेर केही व्यक्तिलाई आफ्नो टीमसँगै विदेश लगेको आरोप थियो।