news-details
अन्तरास्ट्रिय

Share this post!

सुडानमा भएको जातीय हिंसामा ३१ जनाको मृत्यु

काठमाडौं- सुडानमा भएको जातीय हिंसाका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।सुडानको ब्लु नाइल प्रदेशमा भएको हिंसामा ३१ जनाको मृत्यु हुँदा थप ३९ जना घाइते भएको सरक्षा समितिले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको छ।जातीय विषयमा विवाद हुँदा झडप भएको बताइएको उक्त हिंसामा अझ धेरै जनाको हातहाती हुने अनुमान गरिएको छ।