news-details
अन्तरास्ट्रिय

Share this post!

पश्चिम युरोपका देशहरु अत्यधिक गर्मीको मारमा

काठमाडौं : पश्चिम युरोपका देशहरु अत्यधिक गर्मीको मारमा परेका छन्। केही दिनयता दैनिक रुपमा बढिरहेको तापक्रमका कारण जनजीवन अस्तव्यस्त बन्न थालेको छ। उत्तरी स्पेनमा हिजो ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। बेलायतमा ३८ दशमलब १ डिग्री सेल्सियस मापन भएको छ।सन् २०१९ मा क्याम्ब्रिजमा सबैभन्दा धेरै ३८ दशमलब ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। पछिल्लो पटक बढ्दै गएको गर्मीले हालसम्मकै रेकर्ड तोक्न सक्ने आशंका गरिएको छ। राष्ट्रिय मौसम कार्यालयका अनुसार फ्रान्सका कयौँ पश्चिमी क्षेत्रमा ४२ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। फ्रान्सको लोकप्रिय पर्यटकीय क्षेत्रमा गिरोन्डे डढेलोले तहसनहस भएको छ। मौसमविद्हरुले बेलायत र फ्रान्समा आज थप तापक्रम बढ्ने चेतावनी दिएका छन्। फ्रान्स, पोर्चुगल, स्पेन र ग्रिसमा जंगलमा लागिरहेको डढेलोले हजारौँ मानिस विस्थापित भएका छन्। डढेलोका कारण ३० हजारभन्दा बढी मानिस घर छोड्न बाध्य भएको र तीमध्ये कतिपयलाई स्थानान्तरण गरिएको जनाइएको छ।