news-details
अन्तरास्ट्रिय

Share this post!

जेलेन्स्कीद्वारा युक्रेनी सुरक्षा प्रमुख बर्खास्त, रुससँग साँठगाँठ गरेको आरोप

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख र राज्यका केही अभियोजकलाई देशद्रोह र रसियासँग साँठगाँठ गरेको आरोपलगायत अन्य धेरै आक्षेप लगाउँदै बर्खास्त गरेका छन्।सुरक्षा सेवाका प्रमुख इभान बाकानोभ र रुसी युद्ध अपराधको अभियोग निरुपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल इरिना भेनेडिक्टोभालाई बर्खास्त गरेका हुन्।उनीहरुले युक्रेनविरुद्ध रुस नियन्त्रित क्षेत्रहरूमा काम गरेका ,आफ्नो भूमिमा रुसी घुसपैठलाई अनदेखा गरेको, राज्यको राष्ट्रिय सुरक्षालाई वेवास्ता गरेकोलगायत आरोप राष्ट्रपति जेलेन्स्कीले लगाएका छन्।