news-details
अन्तरास्ट्रिय

Share this post!

नैतिकताका धरोहर हुन् मण्डेला'

काठमाडाैं : संयुक्त राष्ट्रस‌ंघका महासचिव आन्ताेनियाे गुतेरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’का रूपमा चित्रण गरेका छन्।मण्डेलाकाे अन्तरराष्ट्रिय दिवसका अवसरमा उनले मण्डेलाले छाेडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन्।'मण्डेला, समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान् व्यक्ति हुनुहुन्थ्यो, उहाँमा हामी सबैको समुज्ज्वल भविष्य निर्माण गर्ने क्षमता र जिम्मेवारीबोध थियो', महासचिव गुतेरेसले उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भने।युद्ध, द्वन्द्व, जातिवाद, भेदभाव, गरिबी र असमानताले पिरोलिएको वर्तमान विश्वमा जलवायु प्रकोपले थपेको चुनौतीको सामना गर्न मण्डेलाका दर्शन र प्रेरणा आज पनि उत्तिकै उपयोगी हुने अभिमत उनले जाहेर गरे।न्यायपूर्ण समाज निर्माण तथा मानवताको प्रवर्द्धनमा मण्डेलाले गरेको योगदान सधैँ स्मरणीय रहने उनले बताए।