Share this post!
श्रीलंकामा बुधबार ससदबाट नयाँ राष्ट्रपति चयन गरिँदैछ। राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न लागिएको हो। २२५ सदस्यीय सदनबाट बहुमतको आधारमा बुधबार श्रीलंकाले नयाँ राष्ट्रपति पाउने छ। राष्ट्रपतिको प्रतिस्पर्धामा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे छन्। विपक्षी उम्मेदवार दुल्लास अल्हाप्परुमा र अनुराकुमारा पमीसँग उनको प्रतिस्पर्धा हुनेछ। सैबीच सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेलाई आफ्नो देश छाड्न आदेश दिएको छ। सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षलाई तत्कालका लागि शरण दिइएको भए पनि उनलाई राजनीतिक शरण दिन नसक्ने भन्दै देश छोड्न आदेश दिएको हो। आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षले श्रीलंका छाडेका थिए।