news-details
अन्तरास्ट्रिय

Share this post!

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

काठमाडौं : श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले शपथ ग्रहण गराएका छन्। उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बने  गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका छन्। गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेल गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन्।