news-details
अन्तरास्ट्रिय

Share this post!

मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

क्वालालम्पुर । शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन् ।यसैबीच, न्युजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ ।