news-details
अन्तरास्ट्रिय

Share this post!

फिलिपिन्स भूकम्प : कम्तिमा ४ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

फिलिपिन्समा आज गएको भूकम्पमा ४ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन्।त्यहाँको लुजोन टापुमा आज ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पले उत्तरी प्रान्तमा रहेका अस्पताल र भवनहरूमा क्षति पुर्‍याएको सरकारी अधिकारीहरूले बताएका छन्।भूकम्पको धक्का राजधानी मनिलामा समेत महसुस गरिएको थियो। भूकम्पले हल्लाउनासाथ सर्वसाधारण आफ्ना घरबाट बाहिर निस्किएर आत्तिँदै खाली स्थानमा पुगेका थिए।उत्तरी प्रान्त अब्राको धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भवन तथा भौतिक संरचना भत्किएका छन्। भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र यातायात, सञ्चार, विद्युतलगायत अवरुद्ध भएको जनाइएको छ।उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ता परिचालन गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यम एएनआईले जनाएको छ। राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। बेंगु प्रान्तमा २ जनाको मृत्यु भएको छ भने अब्रामा एकजना र अर्को प्रान्तमा पनि एकजनाको मृत्यु भएको गृहसचिव बेन्जामिन अबालोसले बताए।भूकम्पको केन्द्रविन्दु डोलोरेस शहरबाट करिब ११ किलोमिटर दक्षिणपूर्वमा सतहको करिब १० किलोमिटर मुनि रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।भूकम्प राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको पारिवारिक राजनीतिक प्रभाव रहेको क्षेत्रनजिक गएको हो।अबालोसमा १७३ भवन भत्किएका र ५८ वटा पहिरो गएको बताइएको छ। घाइते ६० जनामध्ये अब्रामा ४४ जना घाइते भएका छन्।भूकम्पले अब्रा प्रान्तको एउटा अस्पताल क्षतिग्रस्त भएपछि खाली गराइएको छ। तर त्यहाँ कसैको पनि मृत्यु भने भएको छैन।फिलिपिन्सको अब्रामा करिब अढाइ लाख फिलिपिनीको बसोबास छ। धेरै उपत्यका भएको यो प्रान्त पहाडले घेरिएको छ।फिलिपिन्स प्राकृतिक विपद्‌को अत्यधिक जोखिममा रहेको देश हो। यो ज्वालामुखी र सक्रिय भूकम्प क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ रहेको भूभागमा पर्छ।त्यसैले पनि फिलिपिन्समा लगातारजस्तै भूकम्प जाने गर्छ र वर्षेनी कम्तिमा पनि २० टाइफून आउने गर्छन्‚ तीमध्ये केहीले भयावह पहिरोसमेत ल्याउने गर्छन्।