news-details
अन्तरास्ट्रिय

Share this post!

आगोसँग खेले खरानी बनाउने बाइडेनलाई सीको चेतावनी

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच गएराति दुई घण्टा लामो फोन वार्ता भएको छ। यी दुई नेताबीचको टेलिफोन वार्तामा ताइवानको विषयमा छलफल भएको र एकअर्का देशलाई चेतावनी दिएको बीबीसीले जनाएको छ। बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने चेतावनी दिए। तर उनले अहिलेसम्म अमेरिकाले ताइवानमाथिको नीतिमा पुनर्विचार नगरेको उल्लेख गरे। चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई एक चीन नीतिको पालना गर्न आग्रह गरे। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सीले आगोसँग खेले खरानी हुने चेतावनीसमेत दिए। एक चीन नीतिअनुसार अमेरिकाले ताइवानलाई कुटनीतिक मान्यता दिँदैन। तर अमेरिका लोकतान्त्रिक रुपमा स्वशासित ताइवानलाई हतियार बिक्री गर्दै आएको छ।