Share this post!
नयाँदिल्ली - भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएको भारतीयवायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएकोअधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानी जयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो ।भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाकाअधिकारीहरुले जानकारी दिएका छन् ।