news-details
अन्तरास्ट्रिय

Share this post!

संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेस एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्टसंघ ।  संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ । उहाँको प्रवक्ता स्टेफान डुजारिकले सो भ्रमणका बारेमा जानकारी दिनुभएको हो । प्रवक्ता डुजारिकले महासचिव गुटर्रेस जापान, मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लाग्नुभएको बताउनुभएको हो ।महासचिव गुटर्रेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुने छ । जापानमा उहाँले हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनुहुने छ ।महासचिवका प्रवक्ता डुजारिकले जापानको हिरोसिमामा हरेक वर्ष अगष्ट ६ तारिखमा आयोजना हुने सो शान्ति सम्मेलनमा उहाँ सहभागी हुनुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।महासचिव गुटर्रेस जापानमा रहँदा त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ठ सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ ।उहाँले त्यस अवसरमा दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।जापानपछि उहाँ मंगोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानुहुने उहाँका प्रवक्ता डुजारिकले जानकारी दिनुभएको छ