news-details
समाचार

Share this post!

तालिमपछि युवालाई रोजगारी दिनेगरी त्रिपक्षीय सम्झौता

नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षीय सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा  केन्द्रका तर्फबाट उप–सचिव ऋषिराम पंगेनी, परिसंघको तर्फबाट महानिर्देशक दीपकराज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमुलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई नीति नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्युनतम खर्च भने नेपाल सरकारले व्यहोर्ने छ । कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको जनाइएको छ।