Share this post!
जापानी प्रधानमन्त्री फुमियो किशिदा र भ्रमणरत अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएका छन् ।हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं’, किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ। ‘चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलाई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं’, उनले भने ।जापान सरकारले बिहीबार आफ्नो विशेष आर्थिक क्षेत्रमा चिनियाँ सेनाले पाँचवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको घटनाप्रति निन्दा गर्दै यसलाई ‘अत्यन्त जबरजस्ती’ कार्य रूपमा चित्रण गरेको छ। सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियामा चीनले लाइभ फायर ड्रिलहरू सञ्चालन गरिरहेको छ। चीनले हिजो मात्रै प्रक्षेपण गरेको क्षेप्यास्त्र ओकिनावाको दक्षिणी प्रान्तको हातेरुमा टापुको दक्षिणपश्चिममा रहेको क्षेत्रमा खसेको थियो ।