news-details
अन्तरास्ट्रिय

Share this post!

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी 

नयाँ दिल्ली । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी हुनुभएको छ भएका छ । शनिवार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी हुनुभएको हो । उहाँले विपक्षी दलकी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गर्नुभएको हो  । बीजेपी नेतृत्वको एनडीए उम्मेदवार धनखरले ५२८ मत प्राप्त गर्नुभएको थियो भने अल्भाले केबल १८२ मत प्राप्त गर्नुभयो । जगदीप धनखर सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठुलो मतान्तरले विजयी हुनुभएको हो ।प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाले उहाँलाई बधाई तथा शुभकामना दिनुभएको छ। धनखर बङ्गालका पूर्व राज्यपाल समेत हुनुहुन्छ ।एजेन्सी