news-details
अन्तरास्ट्रिय

Share this post!

गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन

७० काे दशककी पप स्टार मध्येकी एक गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जोनको निधन भएको उनका ७३ वर्षीय श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।३ पटक ग्रामी अवार्ड विजेता जोनको सोमबार दक्षिणी क्यालिफोर्नियाको स्थित आफ्नै घरमा निधन भएको हो । जोन इस्टरलिङले ओलिभियाको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेर आफ्नी श्रीमतीको मृत्युको जानकारी दिएका हुन् ।जोनले लेखेका छन् ‘ओलिभिया न्यूटन–जोनको आज बिहान दक्षिणी क्यालिफोर्नियामा निधन भयो । यस समयमा उनी आफ्नो परिवार र साथीहरूसँग थिइन् । यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गर्दछौ ।’ ओलिभिया विगत ३० वर्षदेखि स्तन क्यान्सरबाट पीडित रहेको समेत उनले खुलाएका छन् ।