news-details
अन्तरास्ट्रिय

Share this post!

सन् २०१२ देखि अमेरिकी पत्रकार सिरियामा बेपत्ता छन् : बाइडेन

एक दशकअघि अपहरणमा परेका अमेरिकी पत्रकारलाई सिरियाली सरकारले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । अस्टिन टाईसलाई देशको गृहयुद्ध कभर गर्ने क्रममा १४ अगस्ट २०१२ मा दमास्कस नजिकै बन्धक गरिएको उनको परिवारले जनाएको छ ।हामीलाई पक्का थाहा छ कि उनलाई सिरियाली शासनले नियन्त्रणमा राखेको छ’, बाइडेनले भने । अस्टिनलाई स्वदेश फर्काउने कार्यमा अमेरिकालाई सहयोग गर्न पनि सिरियालाई आह्वान गरेका छन् ।सिरियाली राष्ट्रपति बसर अल–असदले आफ्नो सरकारले श्री टाइसलाई नियन्त्रणमा राखेको पुष्टि गरेका छैनन् । अन्य शीर्ष सिरियाली अधिकारीहरूले यसअघि अमेरिकीलाई हिरासतमा राख्न अस्वीकार गरेका थिए ।