news-details
अन्तरास्ट्रिय

Share this post!

मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकिएको छ  ।उच्च अदालतले उहाँको अपिल अस्वीकार गरेपछि रजाकलाजेल चलान गरिएको हो । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड (वानएमडीबी) दुरुपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्व प्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो ।उहाँलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुट्नुभएको थियो। उहाँमाथिको दण्ड ढिलाइ गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ । आफूले कुनै गलत कार्य नगरेको उहाँले निरन्तर बताउँदै आउनुभएको छ । सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सात वटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्यासनलबाट उहाँका व्यक्तिगत खातामा पठाइएको थियो।एजेन्सी