news-details
अन्तरास्ट्रिय

Share this post!

सभामुख पेलोसीका श्रीमानलाई किन सुनाइयो पाँच दिनको जेल सजाय?

अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमानलाई पाँच दिनको जेल सजाय सुनाइएको छ। मदिरा सेवन गरी गाडी चलाउँदा दुर्घटना गराएको आरोपमा दोषी ठहर गर्दै पल पेलोसीलाई पाँच दिनको जेल सजाय सुनाइएको हो।उनले पनि आफूले मदिरा सेवन गरी गाडी चलाएको स्वीकार गरेका छन्। तर ८२ वर्षीय पलले जेलमा भने बस्नु नपर्ने बीबीसीले जनाएको छ।दुर्घटनाकै दिन गत मे २८ मा उनी जेल बसेका थिए। त्यसलाई अदालतले दुई दिन मानेको छ। अरु दुई दिनको सजाय उनको राम्रो व्यवहारका कारण माफी दिइएको अदालतले जनाएको छ।बाँकी एक दिनको जेल सजाय बराबर उनले आठ घण्टा समाज सेवा गर्नुपर्ने समाचारमा उल्लेख छ। यो सजायपछि उनको सवारी चालक अनुमपतिपत्र पनि नखोसिने बताइएको छ।पलले चलाएको गाडि क्यालिफोर्नियाको ओकविलेमा रातको समयमा रोकिराखेको अर्को गाडीमा ठोक्किएर दुर्घटना भएको थियो।