news-details
अन्तरास्ट्रिय

Share this post!

१२ सेकेण्डमा ३७ सय किलो बारुदले भत्काइँदैछ भारतको ‘ट्वीन टावर’

भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइँदैछ। आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराइने छ।यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिने छ। अहिले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने बिहानदेखि भवन छेउछाउको क्षेत्रमा रहेका करिब ७ हजार व्यक्तिका घरलाई पनि खाली गरिएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार करिब ३२ तले भवन  भत्काउनका काउनडाउन सुरु भएको छ।  करिब १२ सेकेन्डमा ती भवनहरू पूर्ण रूपले भत्काइने बताइएको छ।उक्त क्षेत्रमा करिब ५ सय ६० प्रहरी, १०० रिजर्भ फोर्स र ४ क्विक रेस्पोन्स टिम एनडीआरएफ तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भारतको इतिहासमा सबैभन्दा ठूला भवन विस्फोट गराएर भत्काएको यो पहिलो घटना हुनेछ। उक्त दुई भवन भारतको ट्वीन टावरका रूपमा परिचित थिए। उक्त भवन अवैध रुपमा बनाइएको भन्दै सन् २०१२ मा इलाहावाद हाइकोर्टमा मुद्धा परेको थियो।  त्यसपश्चात अदालतले सन् २०१४ मा यसलाई भत्काउन आदेश दिएको थियो।