news-details
अन्तरास्ट्रिय

Share this post!

लिबिया : संयुक्त राष्ट्रसंघद्वारा २३ जनाको मृत्युपछि तत्काल युद्धबिरामको अपिल

संयुक्त राष्ट्रसंघले लिबियाको राजधानी त्रिपोलीमा भएको घातक द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान गरेको छ । त्रिपोलीमा शनिबार दुई राजनीतिक समूहबीच हिंसात्मक झडप भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झडपमा कम्तिमा २३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।मारिनेमा युवा कमेडियन मुस्तफा बराका पनि रहेको एक अधिकारीले बताए । सन् २०११ मा नेटो समर्थित विद्रोहपछि लिबियामा अराजकताको माहौल छ । यो विद्रोहले लामो समयसम्म शासन गर्ने शासक कर्नल मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरेको थियो । त्यतिबेलादेखि हालसम्म २०१९ सम्म देशमा अशान्तिको माहौल यथावत् रह्यो ।विगतको तुलनामा पछिल्ला दुई वर्ष शान्तिपूर्ण रहे पनि शनिबारको घटनाले देशमा फेरि हिंसा र अराजकताको वातावरण सिर्जना गरेको छ । राजधानीका धेरै ठाउँमा बम विस्फोट भएको छ । आकस्मिक सेवाहरूले धेरै अस्पतालहरू प्रभावित भएको बताएका छन् । लडाईं वरपरका क्षेत्रहरूबाट पनि मानिसहरूलाई विस्थापित गरिएको छ ।संयुक्त राष्ट्र संघको लिबिया मिशनले लडाईको परिणामस्वरूप ‘आवासीय क्षेत्रहरूमा अन्धाधुन्ध र भारी गोलाबारी’ भएको बताएको छ, त्यसपछि तत्काल युद्धविराम आह्वान गरिएको छ ।शनिबार देशको राष्ट्रसंघ समर्थक सरकारका सशस्त्र सेनाले आफ्ना प्रतिद्वन्द्वी फाती बाशाघाप्रति वफादार मिलिशियाको कार्केडलाई रोक्न खोज्दा झडप सुरु भएको थियो ।