news-details
अन्तरास्ट्रिय

Share this post!

पाकिस्तानमा चौबीस घन्टायता वर्षा र बाढीबाट ५४ को मृत्यु

पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यता मात्र ५४ जनाको ज्यान गएको छ। साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन्।बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको छ। त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ।एनडिएमएले मंगलबार प्रकाशन गरेको एक तथ्यांकमा सो कुराको जानकारी दिइएको हो। मंगलबार रातिसम्म बाढीमा परेर ५४ जनाको ज्यान गएको र अरु छ जना घाइते भएका सो संस्थाले जनाएको छ। बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ।सिन्धमा मंगलबार मात्र ४४ जनाको ज्यान गएको हो। तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ। यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। हजारौँ घर बाढीले बगाएको र लाखौ नागरिक घरबारविहीन भएर आश्रय लिइरहेका छन्।उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ। सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरू बाढीको चपेटमा परेका छन्। बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरूले जनाएका छन्। बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ।