Share this post!
जेरुसेलम । इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ ।दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उहाँहरुका बीचमा भेटवार्ता भएको हो ।जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उहाँहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गर्नु भएको थियो । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उहाँहरुका बीचमा छलफल भएको जनाइएको छ ।उहाँहरुले विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रीत गर्नुभएको थियो ।दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्युताउने सम्झौता भएको थियो ।