news-details
अन्तरास्ट्रिय

Share this post!

समुद्री आँधीले क्युबामा ब्ल्याक आउट

समुद्री आँधी इयानका कारण क्युबा देश पुरै विद्युत्विहीन बनेको त्यहाँको सरकारले जानकारी दिएको छ । मुख्य पावर प्लान्टलाई पुनः सुचारु गर्न नसकेपछि विद्युतीय व्यवस्था नै ध्वस्त बनेको अधिकारीहरूले बताएका छन् । त्यहाँको विद्युत् प्राधिकरणका प्रमुखले करिब १.१ करोड जनसङ्ख्या अन्धकारमा रहेको जानकारी दिएका छन् । स्थानीय पत्रकारले एन्टानियो गुटेरेस थर्मो इलेक्ट्रिक पावर प्लान्टलाई पनि सुचारु गर्न नसकिएको जानकारी दिए । आँधीबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै संरचनाहरुमा क्षतिमा पुगेको छ । १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको सो आँधी यतिबेला अमेरिकाको फ्लोरिडा राज्यतर्फ अघि बढिरहेको छ ।