news-details
राजनीति

Share this post!

राप्रपाका वरिष्ठ उपाध्यक्ष बने रवीन्द्र मिश्र

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहको विवेकशील साझाबीच पार्टी एकता भएको छ । एकतासँगै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् ।
आज राष्ट्रिय सभा गृहमा राप्रपा र मिश्र समूहबीच एकता भएको हो । यसअघि सोमबार नै मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका थिए । उनी काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा समेत जुटेका छन्।राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्था छ ।